पौडी खेल्ने क्रममा पाँच वर्षीय बालक बेपत्ता

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौली : नदीमा पौडी खेल्ने क्रममा पाँच वर्षीय बालक बेपत्ता भएका छन्। तनहुँको ऋषिङ गाउँपालिका–१ स्थित झापुटार पुलमुनिबाट बालक बेपत्ता भएका हुन्।

 

शनिबार दिउँसो दमौली स्थित सेती र मादी नदीको सङ्गमस्थल भन्दा केही तल रहेको नदीमा पौडी खेल्ने क्रममा बालक विश्व प्रताप राणा बेपत्ता भएको प्रहरीले जनाएको छ। बालक बेपत्ता भएपछि नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजी कार्यमा परिचालन गरिएको छ। नदी किनार तथा आसपासका सम्भावित क्षेत्रमा नेपाली सेनाको र्‍याफ्टिङ बोटसहितको टोलीसमेत खोजीमा खटिएको छ।

 

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिका प्रसाद घिमिरेका अनुसार बेपत्ता बालकको खोजी कार्य जारी छ। बालकको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्