पत्रकारिता सँगै कुखुरा र खसीपालन व्यावसायिक

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौली : पत्रकारिता पेशा सँगै पत्रकार साने बहादुर नेपालीले व्यावसायिक कुखुरा तथा खसीपालनलाई पनि आम्दानीको स्रोतका रूपमा अघि बढाएका छन् । पत्रकार नेपालीले स्थानीय तथा सोनाली जातका गरी करिब २ सय वटा कुखुरा सहित खसि बोका पनि पालन गरेका हुन् ।

पत्रकारिता सँगै कृषि तथा पशुपालनलाई पनि निरन्तरता दिँदै उनले घर खर्च व्यवस्थापनका लागि अतिरिक्त आम्दानीको स्रोतका रूपमा कुखुरा र खसीपालन व्यवसायी गरेको जानकारी दिए।

उनका अनुसार कुखुरापालनबाट हुने आम्दानीले घर खर्चमा सहयोग पुग्दै आएको छ, भने खसीपालनलाई समेत व्यवसायका रूपमा विस्तार गर्ने योजना रहेको छ।

पत्रकारिता पेशा र व्यवसायलाई सँगसँगै अघि बढाउँन परिवारबाट पनि ठूलो सहयोग भएको बताउने पत्रकार नेपालीले आफ्नै ठाउँमा स्वरोजगार बन्न सकिने उदाहरण प्रस्तुत गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी