राष्ट्रिय योजना आयोग पूर्व उपाध्यक्ष पोखरेल पेशागत विज्ञबाट केन्द्रीय सदस्य उम्मेदवार

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौलीः राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राडा जगदीशचन्द्र पोखरेल नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पेशागत विषयगत क्षेत्रबाट खुला केन्द्रीय सदस्य उम्मेदवार बनेका छन् ।

अमेरिकाको प्रतिष्ठित मासाचुसेट्स इन्स्ट्रिच्युट अफ टेक्नोलोजीबाट विद्यावारिधी गरेका शहरी तथा क्षेत्रीय योजनाविद् डा. पोखरेल विकासका क्षेत्रमा ज्ञाता मानिन्छन् ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा कुशलतापूर्वक जिम्मेवारी सम्हालिसकेका उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा विकास सम्बन्धमा सल्लाहकारको भूमिकामा छन् ।

तत्कालीन गण्डकीका सामाजिक सुधारक गोवद्र्धन शर्मा पोखरेल परिवारका सदस्य प्राडा पोखरेल नेपाली कांग्रेसको नेतृत्वमा भएको लोकतान्त्रिक आन्दोलनमा सक्रिय छन् ।

पेशागत विज्ञतालाई पार्टी र देशको विकासमा लगाउने उद्देश्यले उम्मेदवारी दिएको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी