बिहानै बढ्दो दुर्घटना न्यूनीकरण गर्न तनहुँमा चालक सचेतना कार्यक्रम

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौली : बिहानको समयमा बढ्दै गइरहेको सवारी दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिएका छन्।

२०८३ असोज १९ गते बिहान ५ बजेदेखि ७ बजेसम्म पोखरा–मुग्लिङ सडकखण्डमा संयुक्त रूपमा सञ्चालन गरिएको कार्यक्रममा विभिन्न प्रकारका सवारीसाधनका चालकलाई सडकको अवस्था, लेन अनुशासन तथा ट्राफिक नियमको पालना सम्बन्धमा सम्झाई बुझाई गरिएको प्रहरीले जनाएको छ।

कार्यक्रमअन्तर्गत दुई पाङ्ग्रे ३९ वटा, चार पाङ्ग्रे साना ६५ वटा र ठूला ९५ वटा गरी जम्मा १९९ वटा सवारीसाधनका चालकलाई सडक सुरक्षासम्बन्धी सचेतना प्रदान गरिएको थियो। प्रहरीले बिहानको समयमा सडकमा सवारी चाप तथा दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै चालकलाई गति नियन्त्रण गर्न, लेन अनुशासन पालना गर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।

सडक दुर्घटना न्यूनीकरणका लागि चालक तथा यात्रु सबैले सडक सुरक्षा प्रति जिम्मेवार बन्नुपर्नेमा प्रहरीले जोड दिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्