पक्की पुल निर्माण संगै झोलुङ्गे पुलको भविष्य अन्योलमा

दमौली न्युज
  • ख-
  • ख
  • ख+

देव गजमेर
कार्तिक २८ दमौली : व्यास नगरपालिका वडा नम्बर ३ र रिसिङ गाउँपालिका वडा नम्बर १ जोड्ने झोलुङ्गे पुल नजिकै निर्माणाधीन मोटर चल्ने पक्की पुलको काम करिव अन्तिम चरणमा जस्तै पुगेको छ। हाल स्थानीयवासी तथा पैदलयात्रीका लागि महत्वपूर्ण आवागमनको माध्यम बनेको झोलुङ्गे पुलसँगै नयाँ पक्की पुल निर्माण भइरहेको हो।

पक्की पुलको निर्माण कार्य सम्पन्न भएपछि यस मार्गबाट सवारीसाधन सञ्चालन हुने अपेक्षा गरिएको छ तर नयाँ मोटरेबल पुल सञ्चालनमा आएपछि अहिले रहेको झोलुङ्गे पुलको भविष्य भने अन्योलमा देखिएको पाइन्छ। विशेष गरी रिसिङ गाउँपालिका वडा नम्बर १ तर्फ रहेको झोलुङ्गे पुलको लठ्ठा तथा संरचनाले नयाँ पुल र सडक व्यवस्थापनमा असर पर्न सक्ने भएकाले त्यसलाई हटाउनुपर्ने अवस्था आउन सक्ने देखिन्छ।

पुल बनेपछि गाडी चल्ने कुरा स्वाभाविक भए पनि यहाँको विषय केवल सवारी सञ्चालनमा मात्र सीमित छैन। नयाँ पक्की पुल सञ्चालन सँगै वर्षौं देखि दुई स्थानलाई जोड्दै आएको झोलुङ्गे पुलको अस्तित्व रहने वा हटाइने भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण बनेको छ।

स्थानीय सरोकारवाला निकायले नयाँ पुल सञ्चालन गर्नु अघि झोलुङ्गे पुलको व्यवस्थापन र भविष्यबारे स्पष्ट योजना बनाउनु पर्ने व्यास-३ पुल्चोक टोल विकास संस्थाकी कोषाध्यक्ष हरिमाया वि कले बताईन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्