झोलुङ्गे पुल पुनर्निर्माण र विकल्पबिना मोटरेबल पुल सञ्चालन गर्न नमिल्ने

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौली : व्यास नगरपालिका वडा नं-३ र रिसिङ गाउँपालिका वडा नं-१ लाई जोड्ने झोलुङ्गे पुलको पुनर्निर्माणको माग उठ्ने निश्चित देखिनुका साथै मोटरेवल पुल सञ्चालनका लागि झोलुङ्गे पुल बाधक बन्न सक्छ। यो झोलुङ्गे पुलको लठ्ठा नै यसको मुख्य बाधक बन्ने स्थानीय बासिन्दाको भनाई छ । ग्रामीणभेगका लागि यो झोलुङ्गे पुलनै तनहुँको सदरमुकाम दमौली आउने मुख्य नाका हो ।

स्थानीयवासी आवतजावतका लागि महत्वपूर्ण रहेको झोलुङ्गे पुलको विकल्पको उचित व्यवस्था नगरी नयाँ मोटरेबल पुल सञ्चालन गर्न नहुने केही व्यक्तिले बताएका छन्। उक्त स्थानमा निर्माणाधीन मोटरेबल पुलको काम अन्तिम चरणमा जस्तै पुगेको अवस्थामा झोलुङ्गे पुलको भविष्यलाई लिएर स्थानीयस्तरमा चासो बढेको छ।

मोटरेबल पुल सञ्चालनमा आएपछि सवारीसाधन आवतजावत सहज हुने भए पनि पैदलयात्रीका लागि झोलुङ्गे पुलको पनि उत्तिकै आवश्यकता रहेको स्थानीयको भनाइ छ। झोलुङ्गे पुल पुनर्निर्माण गरी सुरक्षित र व्यवस्थित बनाउनुपर्ने तथा पैदलयात्रीको सहज आवतजावतका लागि विकल्प सुनिश्चित गर्नुपर्ने देखिन्छ। अहिले बन्दै गरेको पक्की मोटरेवल पुलको बनाओट ,हाईट अनुसार झोलुङ्गे पुलको लठ्ठा नै मुख्य वाधक देखिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्