तनहुँमा २२ संक्रमित थपिए, व्यासमा मात्र १० नयाँ संक्रमित

  • ख-
  • ख+

दमौलीः पछिल्लो २४ घण्टामा तनहुँमा २२ जनामा थप कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार व्यास नगरपालिकामा १०, शुक्लागण्डकी नगरपालिकामा नौ तथा भानु नगरपालिकामा तीन नयाँ संक्रमण भेटिएको छ ।


पोखरास्थित क्षेत्रीय क्षयरोग प्रयोगशालामा गरिएको परीक्षणका क्रममा व्यासका नौ, शुक्लागण्डकीका नौ र भानुका दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीले बताए ।


यसैगरी चितवन मेडिकल कलेजमा गरिएको परीक्षणका क्रममा व्यासमा थप एक र भानुमा अर्का एक व्यक्तिमा नयाँ संक्रमण भेटिएको उनले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्