प्रहरी कार्यालयद्वारा पञ्च मन्दिर क्षेत्रको झाडी सरसफाई

दमौली न्युज
  • ख-
  • ख+

दमौली: जिल्ला प्रहरी कार्यालय तनहुँद्वारा व्यास-३ स्थित पञ्च मन्दिर क्षेत्रको झाडी सरसफाई गरिएको छ। मन्दिरको आसपासको क्षेत्रमा झाडी बढेर सामाजिक मर्यादा विपरीतका गतिविधिहरु हुन सक्ने भन्दै स्थानीयबाट जनगुनासो आएपछि जिल्ला प्रहरी कार्यालय तनहुँले सरसफाई अभियान सञ्चालन गरेको हो ।

प्रहरी टोलीले स्थानीय बासिन्दाहरुको सहयोग र सहकार्यमा उक्त क्षेत्रमा रहेको बाक्लो झाडी फडानी गरी सरसफाई गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिका घिमिरेले जानकारी दिए ।

सरसफाई पश्चात उक्त क्षेत्रको वातावरण सफा भएको र आपराधिक तथा अनैतिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुग्ने विश्वास तनहुँ प्रहरीले लिएको छ । स्थानीयले पनि प्रहरीको यस कार्यको स्वागत गरेका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्