काठमाडौं: सम्माननीय प्रधानमन्त्री सहित प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा बाढीपछिको अवस्था तथा प्रभावित क्षेत्रका नागरिकका समस्याबारे छलफल गरिएको छ।
बैठकमा विशेषगरी आँबुखैरेनी गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ अन्तर्गत खोला किनारमा बसोबास गर्ने नागरिकको वर्तमान अवस्था, उनीहरूले भोगिरहेका समस्या तथा आवश्यक राहत र व्यवस्थापनका विषयमा जानकारी गराउने अवसर मिलेको थियो।
त्यसैगरी, बाढी तथा पहिरोका कारण प्रभावित भएका पुलहरूको अवस्था र स्थानीय आवागमनमा देखिएको समस्याबारे पनि बैठकमा विषय उठाइएको छ। बैठकमा पुल्चोकदेखि घुमाउने हुँदै दासढुङ्गासम्म जोड्ने वैकल्पिक राजमार्ग निर्माण तथा त्यसको आवश्यकता र सम्भावनाका विषयमा समेत छलफल गरिएको थियो।
बाढीपछिको पुनःस्थापना, प्रभावित नागरिकको सुरक्षा तथा दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक पहल गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।





