दमौली : तनहुँको व्यास नगरपालिका–१, भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको क्याम्पस प्रमुखको जिम्मेवारी आजदेखि डा. रामकुमार अधिकारीले सम्हाल्नुभएको छ।
क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको अवसरमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष केशबहादुर सुनार लगायत क्याम्पसका पदाधिकारी तथा सरोकारवालाहरूले डा. अधिकारीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापकीय सुधार तथा समग्र विकासमा नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।


















