काठमाडौं : नेपाल सरकारले जाडोयामका लागि निर्धारण गरेको समय तालिका अनुसार नेपाल सुनचाँदी व्यवसायी महासंघले आफ्नो कार्यालय सञ्चालन समय परिवर्तन गरेको छ।
महासंघले जारी गरेको सूचनाअनुसार भोलि अर्थात् २०८३ कात्तिक १६ गते सोमबार देखि २०८३ माघ १५ गतेसम्म महासंघको कार्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ।
जाडोयामलाई लक्षित गर्दै नेपाल सरकारले निर्धारण गरेको कार्यालय समयअनुसार महासंघले पनि आफ्नो कार्यालय समय परिवर्तन गरेको जनाएको छ।
महासंघका महानिर्देशकले सम्बन्धित सबैलाई परिवर्तित कार्यालय समयबारे जानकारी गराउँदै आवश्यक कार्य सोही समय भित्र गर्न अनुरोध गरेका छन्।


















