आईसीयुबाट निस्किए जिसस प्रवक्ता गुरुङ

  • ख-
  • ख+

दमौलीः बिरामी परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा भर्ना भएका जिल्ला समन्वय समिति तनहुँका प्रवक्ता गल गुरुङको स्वास्थ्यमा सुधार आएको छ ।

अति ज्वरो आए पछि बेहोस् भएका उनलाई बेहोस् अवस्थामै पोखरा आठ दिन अघि प्रतिष्ठान लगिएको थियो । गरिएको परीक्षणका क्रममा उनमा कोरोना संक्रमण समेत भएको पुष्टि भएको थियो ।


ज्वरो आए पछि केही दिन समन्वय समितिको क्वार्टरमै आईसोलेसनमा बसेका गुरुङको अवस्था सुधार नभए पछि उनलाई पोखरा लगेर आईसीयुमा भर्ना गरिएकामा तीन दिनयता स्वास्थ्यमा सुधार आएको गुरुङले जानकारी दिए ।


उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद पनि प्रकट गरेका छन् । उनले कोभिडलाई सामान्य रुपमा नलिन र सामाजिक दूरी अनि स्वास्थ्य मापदण्ड पालना गर्न पनि आग्रह गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी