प्रदेश सरकारमा सहकार्य गर्ने एमाले र नेकपाको सहमति

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं:नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त सहमति गरेका हुन्।

सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र  कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्नेछन्।

मधेस र गण्डकीमा भने सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गर्ने सहमति भएको छ।

सहमतिमा ओली र प्रचण्डले हस्ताक्षर गरेका छन्।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्