हराएका ऋषिङका भकबहादुर मृत भेटिए

  • ख-
  • ख+

ऋषिङः कार्तिक १ गतेदेखि ऋषिङबाट हराएका चैनपुर २ का भकबहादुर थापा मृत भेटिएका छन् । उनको शव ऋषिङ २, ४ र ६ को सीमानामा पर्ने ढाक्रेखोलामा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।


घरबाट सम्पर्कविहिन भएका उनको परिवारले खोजी गरिरहेको थियो । उनको मृत्युको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी