युवा अभियन्ता गफारद्वारा दमौली खेलमैदान सरसफाई

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः दमौलीको खेलमैदान र प्यारापिटको विच भागको सरसफाई गरिएको छ । युवा अभियन्ता सुदिप गफारले प्यारापिटको विच भागमा रहेको फोहोर सरसफाई गरेका हुन् ।

दमौली खेलमैदानमा रहेको प्यारापिट मुनि दिशापिसा,लागू औषधका सामानहरू र विभिन्न फोहोरहरू रहेको र सोहि स्थानमा सफा गरिएको अभियान्ता गफारले जानकारी दिए । आफ्नो कार्यलाई सहयोग र साथ दिने सुन्दर प्रजापति र सन्तोष गिरीलाई पनि धन्यवाद सहित आभार व्यक्त गरेको बताए ।

समयका कारण सवै प्यारापिट सफाई गर्न नसकिएको र अर्को दुईटा भाग अर्को हप्ता सरसफाई गरिने अभियन्ता गफारले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्