साउन २९ गते राष्ट्रिय भेला गर्दै देउवा पक्ष

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर पक्षले राष्ट्रिय भेला आह्वान गरेको छ। आज बिपी स्मृतिमा नेपाल प्रज्ञा भवनमा आयोजित कार्यक्रमबाट राष्ट्रिय भेलाको मिति घोषणा भएको हो।

विशेष महाधिवेशनमा सहभागी नरहेका पक्षले प्रदेश भेलाहरू सकेर राष्ट्रिय भेला गर्न लागेका हुन्।
आज आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले यही साउन २९ गते राष्ट्रिय भेलाको आयोजना गरिने जानकारी गराए।

उनले १५ औं महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको रहेको भए पनि पार्टी संस्थापन पक्ष व्यक्तिवादी चिन्तनमा अघि बढिरहेको पनि बताएका थिए।

‘सबैले निर्णय गर्न ढिला गर्‍यौं भनेर भन्नुहुन्छ। त्यो त होइन नि त, हामीले त सकेसम्म मिलेर जानको लागि समय लिएको हो, आज हामीले निर्णय गरेका छौं २९ गते राष्ट्रिय भेला हुन्छ,’ उनले भने।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्