तनहुँका भुमिहिनले जग्गा प्राप्त गर्ने प्रक्रिया अगाडि बड्यो

दमौली न्युज
  • ख-
  • ख+

दमौली: तनहुँका १४५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी जग्गा प्राप्त गर्ने प्रक्रिया अगाडि बढाइएको छ। जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले उनीहरूको नामावली प्रमाणीकरणका लागि सार्वजनिक गरेसँगै जग्गा व्यवस्थापनको प्रक्रिया अघि बढाएको हो ।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार स्थानीय तहबाट प्रमाणीकरण भई आएका देवघाट गाउँपालिका–१ र बन्दीपुर गाउँपालिका–१ का लाभग्राहीको नामावली सार्वजनिक गरिएको हो । सार्वजनिक नामावलीउपर तोकिएको अवधिभित्र दाबी–विरोध परे कानुनबमोजिम टुङ्ग्याइने र त्यसपछि अन्तिम प्रमाणीकरण गरिने उनले ।

समितिका सदस्य सचिव तथा नापी कार्यालय तनहुँका प्रमुख विजयकुमार सिंहले नामावली सार्वजनिक गर्नु भूमिहीनलाई जग्गाको स्वामित्व उपलब्ध गराउने प्रक्रियाको महत्त्वपूर्ण चरण भएको बताए । उनका अनुसार दाबी–विरोधको सुनुवाइ सम्पन्न भएपछि वास्तविक लाभग्राहीको अन्तिम सूची स्वीकृत गरी जग्गा वितरण प्रक्रिया अघि बढाइने छ ।

सरकारले भूमिसम्बन्धी समस्या समाधान कार्यक्रमअन्तर्गत भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व उपलब्ध गराउने उद्देश्यका साथ यो प्रक्रिया अघि बढाएको हो । नेपाल सरकारले जिल्ला भूमि समस्या समाधान समितिको अध्यक्षमा प्रमुख जिल्ला अधिकारीलाई तोकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी