काठमाडौं : दुर्गेश थापा र प्रियंका कार्कीको ‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीत विवादमा परेपछि युट्युबबाट हटाइएको छ ।
उक्त गीत रिलिज भएलगत्तै विवादमा परेको थियो ।
निवेदनमा दुर्गेश थापाको मास्टर्नी नामक चलचित्रमा ‘ताराबाजी लैलै’ नामको गीतमा समग्र शिक्षक, विशेषगरी महिला शिक्षक र शिक्षण पेसाप्रति नै अपमान हुनेगरी अमर्यादित र संस्कृति भड्काउने खालको शब्द प्रयोग गरिएको भन्दै विवादमा परेको थियो ।
यसअघि उक्त गीतले शिक्षक र शिक्षण पेशाको गरिमामा गम्भीर प्रहार गरेको भन्दै नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समितिले पनि आपत्ति जनाउँदै विज्ञप्ति निकालेका थिए । साभारः अनलाइनखबर





