तनहुँ लेयर्स कुखुरा पालक किसान संघद्वारा नचेतनामूलक कार्यक्रम

दमौली न्युज
  • ख-
  • ख+

दमौली: तनहुँको दमौलीमा बर्ड फ्लु सम्बन्धी सचेतना कार्यक्रम गरीएको छ।तनहुँ लेयर्स कुखुरा पालक किसान संघद्वारा दमौलीस्थित अनसन चौतारीमा आयोजित बर्ड फ्लु तथा कुखुराजन्य रोगसम्बन्धी सचेतनामूलक कार्यक्रममा गरीएको हो।
कार्यक्रममा व्यास नगरपालिकाका नगर प्रमुख न्यौपानेले तनहुँमा हाल बर्ड फ्लुको कुनै संक्रमण नदेखिएको बताए। अण्डा तथा कुखुराजन्य उत्पादन पोषणका दृष्टिले अत्यन्त महत्वपूर्ण खाद्यवस्तु भएको बताए। उनले भने, “सुरक्षित उत्पादन, स्वस्थ उपभोग र उपभोक्ताको विश्वास कायम गर्न सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक छ।”

कार्यक्रममा जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख रबिन्सन अधिकारीले जिल्लामा हालसम्म बर्ड फ्लुको कुनै संक्रमण पुष्टि नभएको जानकारी दिए। उनले सामाजिक सञ्जाल वा अपुष्ट स्रोतबाट फैलिने अफवाहका आधारमा भ्रम सिर्जना नगर्न आग्रह गर्दै कुनै शंका वा असामान्य अवस्था देखिए तत्काल सम्बन्धित निकायमा जानकारी गराउनुपर्ने बताए।

प्रमुख अधिकारीका अनुसार जिल्लामा नियमित रूपमा रोगको निगरानी, नमुना परीक्षण तथा जैविक सुरक्षा (बायो–सेक्युरिटी) मापदण्डको प्रभावकारी कार्यान्वयन भइरहेको छ। पशुपन्छीको स्वास्थ्य सुरक्षाका लागि सम्बन्धित निकाय निरन्तर सक्रिय रहेकाले सर्वसाधारणलाई अनावश्यक त्रासमा नपर्न उनले आग्रह गरे।

तनहुँ लेयर्स कुखुरा पालक किसान संघको आयोजनामा सम्पन्न कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधि, कुखुरा किसान, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई निःशुल्क उसिनेको अण्डा वितरण गरिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्