राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका व्यक्ति आइसियूमा

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं : राहदानी विभाग अगाडि पेट्रोल खन्याएर आफूलाई जलाउन खोजेका व्यक्तिको वीर अस्पतालमा उपचार भइरहेको छ।

इमर्जेन्सीमा भर्ना भएका २५ वर्षीय गणेश नेपालीको अहिले आइसियूमा राखेर उपचार भइरहेको वीर अस्पतालका सूचना अधिकारी ताराबहादुर कुँवरले जानकारी दिए।

उनका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर छ।’६५ प्रतिशत शरीरको भाग जलिसकेको छ,’ उनले भने, ‘उपचार भइरहेको छ।’ उनका अनुसार नेपाली पठाओ चालक हुन्।

‘राहदानी विभाग अगाडि मोटरसाइकल पार्किङ गरिरहँदा महानगर प्रहरीले ह्विल लक लगाएपछि सोही बाइकको पेट्रोल निकालेर ज्यानमा खन्याएको जानकारीमा आएको छ,’ उनले भने।  साभारः सेतोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्