बन्दीपुर : तनहुँको प्रसिद्ध पर्यटकीय क्षेत्र बन्दीपुरमा सञ्चालित बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडले केवलकार तथा साहसिक (एड्भेन्चर) गतिविधिहरूको टिकट सेवा शुल्कमा संशोधन गरेको छ। कम्पनीको सञ्चालक समितिको मिति २०८३ असार १९ गते बसेको बैठकको निर्णयानुसार उक्त शुल्क परिमार्जन गरिएको हो।
सेवाको गुणस्तरमा निरन्तर सुधार गर्न, पर्यटक मैत्री सेवा विस्तार गर्न तथा आगामी आर्थिक वर्षको सञ्चालन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले नयाँ भाडादर निर्धारण गरिनुका साथै।
संशोधित सेवा शुल्क २०८३ साउन १ गतेदेखि पूर्ण रूपमा लागू हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. रोमन मान श्रेष्ठले जानकारी दिए
प्रमुख कार्यकारी अधिकृत डा. श्रेष्ठका अनुसार परिमार्जित टिकट शुल्क नेपाली नागरिकका लागि यसअघि कायम रहेको रु. ५०० को भाडादर बढाएर रु. ६०० कायम गरिएको छ। त्यसैगरी विद्यार्थीहरूका लागि नयाँ भाडादर रु. ४०० तोकिएको छ। विदेशी पर्यटकहरूको हकमा सार्क राष्ट्रका नागरिकका लागि रु. ८५० र अन्य तेस्रो मुलुकका विदेशी नागरिकका लागि रु. १,००० शुल्क निर्धारण गरिएको छ।
त्यस्तै केवलकार क्षेत्रभित्र सञ्चालन हुने स्काई साइक्लिङ र जिपलाइनको शुल्क पनि परिमार्जन गरी रु. ५०० कायम गरिएको छ। नेपाली नागरिक: रु. ६००/- (साविक रु. ५००/-) सार्क राष्ट्र नागरिक: रु. ८५०/- (साविक रु. ७००/-) अन्य विदेशी नागरिक: रु. १,०००/- (साविक रु. ७००/-) विद्यार्थी: रु. ४००/- (साविक रु. ३५०/-)
स्काई साइक्लिङ / जिपलाइन: रु. ५००/- (साविक रु. ३६०/-) कायम गरीएको छ।
कम्पनीले एक सूचना जारी गर्दै सम्पूर्ण सेवाग्राही, पर्यटक तथा सरोकारवालाहरूलाई नयाँ संशोधित सेवा शुल्क अनुसार सेवा लिन र आवश्यक समन्वय गर्न अनुरोध गरेको छ।





