१२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री

दमौली न्युज
  • ख-
  • ख+

दमौली: जनकल्याण प्राथमिक विद्यालयका १२ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्राप्त भएको छ । शुक्लागण्डकी नगरपालिका–५ बस्ने सुनील तिमिल्सिनाले आफ्नो जन्मदिनको अबसरमा जनकल्याण प्राथमिक विद्यालयका १२ जना विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका हुन्। जन्मदिनलाई केवल उत्सव वा व्यक्तिगत खुसीको रूपमा मात्र नभई समाजसेवाको अवसरका रूपमा उपयोग गरेका हुन् । “जन्मदिन हँसिलो केक र शुभकामनामा मात्र सीमित हुन आवश्यक छैन। आज म आफ्नो खुसी यी बालबालिकासँग बाँडेर समाजप्रतिको सानो दायित्व पूरा गरेको अनुभूति गर्दैछु,” तिमिल्सिनाले भने।

उनले आफ्नो विशेष दिनमा प्रत्येकले समाजका लागि सानो योगदान गरे समुदाय अझ उज्यालो र समृद्ध बन्छ भन्ने विश्वास प्रकट गरे। विभिन्न सामाजिक संघ संस्थामा सक्रिय रहेर समाजिक उत्तरदायित्वप्रति लगातार समर्पित भएर काम गर्दै आएका तिमिल्सिनाले समुदायमै सकारात्मक प्रभाव पार्ने व्यक्तित्वका रूपमा चिनिन्छन्।

हाल उनी सिटिजन लाइफ इन्स्योरेन्स, दुलेगौंडा शाखाका शाखा प्रबन्धकको रूपमा कार्यरत छन् । सामग्री वितरण कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक सिर्जना ठकुरी युवा समाजसेवी भीष्म श्रेष्ठ, इरफान दिन मिया, प्रेम थापा लगायतको उपस्थिती रहेको थियो। विद्यालय परिवारले तिमिल्सिनाको योगदानलाई प्रशंसा गर्दै, “आज साधन मात्र होइन, प्रेरणाको भाव पनि बाँडियो” भन्दै आभार व्यक्त गरेको प्रधानाध्यापक ठकुरीले बताइन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्