दमौली:बालश्रम अन्त्य र बालअधिकार संरक्षणमा उल्लेखनीय काम गरेको भन्दै तनहुँको म्याग्दे गाउँपालिका राष्ट्रिय सम्मानबाट सम्मानित भएको छ। देशभरका ७५३ स्थानीय तहमध्ये उत्कृष्ट कार्यसम्पादन गरेका १३ वटा पालिकालाई मात्र प्रदान गरिएको सम्मानमा म्याग्दे गाउँपालिका पर्न सफल भएको हो।
नेपाल सरकारको युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा बिहीबार आयोजित विशेष समारोहमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठलाई सम्मानपत्र प्रदान गरिएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार मन्त्रालयले निर्धारण गरेका ५१ वटा सूचकका आधारमा गरिएको मूल्याङ्कनमा म्याग्दे गाउँपालिका उत्कृष्ट ठहरिएको थियो।





