आज रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुन लागेको छ ।

चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको शपथ बुधबार राखिएको महामन्त्री विपिन आचार्यले जानकारी दिए ।

उनका अनुसार बिहान ११ बजे पार्टी कार्यालय घण्टीघरमा शपथ कार्यक्रम राखिएको छ । शपथपछि केन्द्रीय समिति बैठक बोलाउने रास्वपाको तयारी छ । केन्द्रीय समिति बैठकमा मनोनीत पदाधिकारी र सदस्यहरूबारे छलफल हुनेछ ।

गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको थियो । सभापति लामिछानेले भने भरतपुरमै शपथ लिएका थिए । साभारः कान्तिपुर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्