अवरुद्ध पृथ्वीराजमार्गको गुणादी खण्ड प्रहरीद्वारा खुलाइयो

दमौली न्युज
  • ख-
  • ख+

दमौली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा सडकमा खसेको ढुङ्गा पन्छाएर सवारी आवागमन पूर्ण रूपमा सुचारु गरिएको छ ।

आज बिहान सडक माथिबाट गुड्दै आएको ठुलो ढुङ्गा राजमार्गमा खसे पछि केही समय सडक अवरुद्ध भएको थियो । ढुङ्गा खसे पनि तत्कालै सडक पूर्ण रूपमा अवरोध भई नसकेको अवस्थामा जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो ।

सडकमा खसेको ढुङ्गाले पुर्‍याउन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरी टोलीले स्थानीयको सहयोगमा उक्त ढुङ्गालाई पन्छाएको थियो । अहिले उक्त खण्डमा सवारी साधनहरू बिना कुनै अवरोध सुरक्षित रूपमा सञ्चालन भइरहेका छन् । वर्षातको समयमा राजमार्गका विभिन्न खण्डमा पहिरो र ढुङ्गा खस्ने जोखिम रहने हुँदा चालकहरूलाई उच्च सतर्कताका साथ सवारी साधन चलाउन प्रहरीले अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्