शुक्लागण्डकी: जिल्लाको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा एक हजार सात सय वटा रुद्राक्षको विरुवा रोपण कार्य सुरु गरिएको छ । डिभिजन वन कार्यालय तनहुँको आयोजनामा “सगरमाथा वृक्षारोपण महाअभियान” भन्ने मुल नाराका साथ राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा आइतबार रुद्राक्षको बिरुवा रोपण गरिएको हो ।
शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले रुद्राक्षको बिरुवा रोपण गरी शुभारम्भ गरेका थिए। उनले वनलाई आयआर्जनमा जोडन् समुदाय नै अग्रसर बन्नुपर्नेमा जोड दिदै ।
विशेष गरी हिन्दु र बौद्ध धर्र्मवलम्वीलाई जोड्न,दुवैलाई अति आवश्यक पर्ने, राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा समेत राम्रो माग भएकाले रुद्राक्ष व्यवसाय फस्टाउने बिश्वास व्यक्त गरे ।
शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुम बहादुर बिकले वातावरणीय पर्यावरण जोगाउन वनको अपरिहार्य भूमिका रहेको चर्चा गरे । “विकास निर्माणका कार्यलाई समेत पर्यावरणमैत्री बनाउन हामी सबैको उत्तिकै दायित्व बनाइनुपर्छ ।”उनले भने
यति ठूलो परिमाणमा रुद्राक्ष खेती गरिएको संम्भवत गण्डकी प्रदेशमै पहिलो हुन सक्ने दाबी डिभिजन बन कार्यालयले गरेको छ ।
सामुदायिक वनको दुई हेक्टर क्षेत्रफलमा एक हजार सात सय वटा खाडल खन्ने कार्य जेठ महिनाभित्र सम्पन्न गरिएको मालागिरी सामुदायिक वन उपभोक्ता समूहका सचिव सिद्ध खाँणले बताए
उक्त वनमा आबद्ध ८३ घरधुरीका सबै उपभोक्ताको प्रयासमा खाडल खन्ने कार्य सम्पन्न भएको थियो ।
खेर गइरहेको जमिनलाई सदुपयोग गरी रुद्राक्षको पकेट क्षेत्र बनाउने उद्वेश्यले यस स्थानलाई छनोट गरिएको डिभिजन प्रमुख मनोज रानाभाटले जानकारी दिए । रुद्राक्ष धार्मिक,साँस्कृतिक र पर्यावरणको दृष्टिले महत्वपूर्ण मानिने भएकाले यस खेतीलाई प्राथामिकता दिइएको प्रमुख रानाभाटले जानकारी दिदै,यसक्षेत्र वातावरण हावापानी सुहाउँदो रहेकाले रुद्राक्ष खेती फस्टाउन सक्ने पनि विश्वास लिएका थिए।
डिभिजन वन कार्यालयले कृषि वन कार्यक्रम अन्र्तगत बिरुवा खरीदमा २ लाख ५५ हजार खर्च भएको छ भने बिरुवाका लागि खाडल खन्न,बिरुवा रोप्न,मल र ढुवानीमा समेत डिभिजन वन कार्यालयले सहयोग गर्दै आएको छ ।





