एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ : विशेष अदालतले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । विवादास्पद व्यवसायी दीपक भट्टलाई व्यावसायिक लाभ पुर्‍याउन सघाएको आरोपमा पक्राउ परेका पौडेललाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार म्याद थपका लागि अदालत पेस गरेको थियो ।

न्यायाधीशहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासबाट पहिलोपटक ७ दिनको म्याद थप भएको विशेष अदालत प्रशासन शाखाले जनाएको छ । आदेशपछि आरोपित पौडेललाई न्यायिक हिरासतमा पठाइएको छ ।

पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो । उनलाई मंगलबार नेपालगन्ज हुँदै काठमाडौं ल्याइएको हो । साभारः कान्तिपुर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्