बन्दीपुरमा टिपर दुर्घटना हुँदा चालक को मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

दमौली: तनहुँको बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटना हुदाँ टिपर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–४ निवासी ३६ का चुनु श्रेष्ठ रहेका प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार ग १ क ५४६६ नंम्बरको टिपर चालकले नियन्त्रण गुमाउँदा सडकदेखि पाँच मिटर तल खस्दा चालक सख्त घाइते भएका थिए ।

 

दुर्घटनामा परेका श्रेष्ठलाई तत्कालै उपचारका लागि सैनिक अस्पताल पोखरा पठाइएकोमा उपचारको क्रममा आज मृत्यु भएको थियो ।

 

अहिले मृतकको शव पोखरा स्थित गण्डकी अस्पतालमा राखिएको जानकारी प्राप्त भएको प्रहरी नायव उपरीक्षक घिमिरेले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्