शालिकराम गहतराज
भिमाद : भिमाद नगरपालिका–८ स्थित जयनेपाल आधारभूत विद्यालयमा अध्ययनरत ५६ जना विद्यार्थीलाई कृणमाया स्मृति प्रतिष्ठानद्वारा शैक्षिक सामग्री वितरण गरिएको छ। विद्यार्थीहरूको शैक्षिक विकासमा सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामग्री सहयोग गरीएको हो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो। यस्ता सामाजिक तथा शैक्षिक सहयोगमूलक कार्यक्रमले विद्यार्थीहरूलाई अध्ययन प्रति थप प्रेरित गर्नुका साथै विद्यालयमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न महत्वपुर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा वडा नं. ८ का अध्यक्ष अणबहादुर शाही, कार्यपालिका सदस्य वीरबहादुर बस्याल, कृणमाया स्मृति प्रतिष्ठानका संरक्षक शालिकराम गहतराज , पूर्व कार्यपालिका सदस्य दिना गौतम, जनज्योति पूर्व विद्यार्थी मञ्चका सचिव लालबहादुर थापा, प्रतिष्ठानका प्रतिनिधि, विद्यालय परिवार तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।





