ऋषिङ: तनहुँको ऋषिङ गाउँपालिका वडा नं ८ नालथोकमा बसबाट झर्ने क्रममा लडेर घाइते भएका ६० बर्षीय सुकबहादुर परियारको मृत्यु भएको छ । ऋषिङ ढुङगाडेबाट दमौलीतर्फ जाँदै गरेको ग.१ख ८९९४ नम्बरको बसमा सवार सोही वडाको पल्टयाङ्ग निवासी परियारको मृत्यु भएको हो ।
बसबाट ओर्लने क्रममा बसबाट लडेर घाईते उनको उपचारको लागि एम्बुलेन्सद्वारा प्रदेश अस्पताल दमौली लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार शुक्रबार साँझ ८ :३० बजेको समयमा भएको दुर्घटनामा परि सख्त घाइते परियारको राती ११ः २० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
बस र चालक प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





