
दमौली: महिला सशक्तीकरण सञ्चार समाज तनहुँले संस्थाका उद्वेश्य,भावि याेजना र नजिकिँदै गरेकाे चाडपर्वकाे उपलक्ष्यमा शुभकामना आदानप्रदान सम्बन्धि एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेकाे छ। सूचना प्रविधि जुमकाे प्रयाेग गर्दै उक्त कार्यक्रम गरिएकाे हाे।
कार्यक्रममा संस्थाकाे उद्वेश्य भावि याेजना सम्बन्धमा प्रकाश पार्दै, कार्यक्रमकी सभापति तथा संस्थाकी अध्यक्ष प्रकृति न्याैपानेले संघीयताकाे अवधारणा बमोजिम स्थानीय सरकार सँग समन्वय गर्न संस्था गठन गरिएकाे बताइन् ।अध्यक्ष न्याैपानेले स्थानीय माग र आबश्यकतामा आधारित महिला सञ्चारकर्मी र सशक्तीकरण भन्ने शब्दलाई ब्यवहारिक कार्यन्वयन गर्ने खालकाे संस्थाको आबश्कता खड्कीएकाले यश संस्थाकाे जन्म भएकाे जानकारी दिइन्।
गठित संस्थाकाे भावि याेजनाका बारेमा बाेल्दै अध्यक्ष न्याैपानेले सञ्चारमा आवद्ध महिलाहरूकाे क्षमता र नेतृत्व विकास गर्दै हरेक स्थानमा रहेका महिलाहरूकाे यथार्थता र वास्तविकता कलम र आवाज अनि सङ्केतका माध्यम बाट नीति निर्माण तह तथा कार्यान्वयनमा तहमा लाने धारणा राखेकी थिइन्।
सहभागी सम्पूर्ण महिला सञ्चारसंस्था तथा सञ्चार क्षेत्रमा आवद्ध तनहुँ जिल्लाका हरेक स्थानीय तहका क्षेत्रका कार्यरत महिला सञ्चारकर्मीहरूले संस्था जन्मदा खुसी लागेकाे जानकारी दिएका थिए। संस्थाकी सचिव अञ्जु दाहालले संस्थाको समग्र गतिविधिबारे बाेल्दै सबैकाे सहकार्य ,समन्वय र सहबिचारबाट मात्र संस्थाले अपेक्षित उपलब्धि हाँसिल गर्न सक्ने धारणा राखेकी थिइन्।
संस्थाकी प्रथम उपाध्यक्ष विमला दुवाडीले सम्पूर्ण सहभागीलाई स्वागत गर्दे हाम्रो वर्गीय र पेसागत चुनाैतिहरू चिर्दै संस्थालाईअगाडि लानुपर्ने धारणा राखेकी थिइन् । आर्थिक ब्वस्थापन बारे जानकारी गर्दै जुम कार्यक्रमकाे प्राविधिक समन्वय संस्थाकी काेषाध्यक्ष सुनिता आचार्यले गरेकी थिइन्।अन्तरक्रियामा सहभागी सम्पूर्ण सञ्चारकर्मी महिलाहरूले आउदै गरेकाे चार्डपर्वकाे उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेका थिए।
अन्तरक्रियामा सहभागी सदस्यहरूले “यस्ताे अनिवार्य आवश्यकतामुखी र महिला सञ्चारकर्मीमैत्री संस्था जन्मिएकाेमा हाैसल्ला र प्रेरणा मिलेकाे जानकारी दिएका थिए।सहभागी सदस्यहरूले संस्था दर्ता भई वैधानिकता पाउनु सबैकाे इच्छा र आवश्यकता सावित भएकाे र यसलाई नीतिगत सफलता जस्तै उदेश्य प्राप्ति मा पनि सबै एकजुट भएर लाग्नुपर्ने धारणा राखेका थिए।
२०७७असाेज ७गते गठित संस्था “महिला सशक्तीकरण सञ्चार समाजले थाेरै समयमै एक महिना भित्रनै २०७७ कात्तिक ६गते दर्ता प्रक्रिया सम्पन्न गरी वैधानिकता हाँसिल गरेकाे संस्थाकि शुक्लागण्डकी नगरपालिका संयाेजक अस्मिता खनालले जानकारी दिइन्।