सनराईज बैंक र नगरपालिकाका कर्मचारीसहित व्यासका ४ संक्रमित

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकामा बैंक र नगर कर्मचारीसहित चार जनामा कोभिडको नयाँ संक्रमण देखिएको छ ।

व्यास ३ का ३८ र ३९ वर्षका पुरुष, व्यास १ का ४४ वर्षका पुरुष र व्यास ९ का २७ वर्षका पुरुषमा संक्रमण भेटिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


उनीहरुमध्ये व्यास ३ का ३८ वर्षका पुरुष सनराईज बैंक लिमिटेड दमौली शाखामा कार्यरत रहेको निर्देशनालयको विज्ञप्तिमा छ । व्यास ३ कै ३९ वर्षका पुरुष भने नगरपालिकाका कर्मचारी रहेको जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्