काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले दुई मन्त्री थप्दै १७ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा सुधन गुरुङलाई गृहमन्त्री र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा नियुक्त गरेका छन्।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।
प्रधानमन्त्री शाहकाे सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नियुक्त गरेका हुन्। यससँगै १७ सदस्यीय मन्त्रिपरिषद् बनेको छ।साभारः रातोपाटी



