
दमौली: दमौली अनशन चौतारीमा एक पुरुष मृत भेटिएका छन् । अन्दाजी ५५ वर्षका ती पुरुष विहान ४ बजे मृत भेटिएको प्रहरीले जनाएको छ । उनी केही समययता त्यहीँ सुत्दै आएका थिए ।
तर विहान हिँडेको गस्ती टोलीले उनलाई मृत अवस्थामा पाएको प्रहरीले जनाएको छ। उनको नाम र ठेगाना खुल्न सकेको छैन । घटना बारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।