रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संघीय सांसदहरूलाई अब पार्टीको केन्द्रीय तहबाहेक अन्य कुनै पनि तल्लो समितिमा उम्मेदवारी दिन रोक लगाइएको छ ।

निर्वाचन आयोगको पछिल्लो जानकारी र पार्टीको साङ्गठनिक नीतिअनुसार संघीय सांसदहरूलाई पालिका, क्षेत्र, जिल्ला र प्रदेश तहको निर्वाचनमा उम्मेदवार बन्न रोक लगाइएको हो ।

यसैबिच, रास्वपाले आफ्नो प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने मिति र स्थान तय गरेको छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संघीय सांसदहरूले अब पार्टीको केन्द्रीय तहबाहेक अन्य कुनै पनि तल्लो समितिमा उम्मेदवारी दिन नपाउने भएका छन् । निर्वाचन आयोगको पछिल्लो जानकारी र पार्टीको साङ्गठनिक नीतिअनुसार संघीय सांसदहरूलाई पालिका, क्षेत्र, जिल्ला र प्रदेश तहको निर्वाचनमा उम्मेदवार बन्न रोक लगाइएको हो ।

पार्टीको आन्तरिक लोकतन्त्र र कार्यविभाजनलाई व्यवस्थित बनाउन यो कदम चालिएको बुझिएको छ । यस व्यवस्थाअनुसार अब संघीय सांसदहरूले पार्टीको तल्लो तहका समितिहरूमा कार्यकारी पदका लागि प्रतिस्पर्धा गर्न पाउने छैनन् । उनीहरूले केवल केन्द्रीय तहको नेतृत्वमा मात्र आफ्नो दाबेदारी प्रस्तुत गर्न सक्नेछन् ।

यसैबिच, रास्वपाले आफ्नो प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको मिति र स्थान तय गरेको छ । आगामी असार ७, ८ र ९ गते चितवनमा रास्वपाको पहिलो महाधिवेशन भव्य रूपमा सम्पन्न हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी