दमाैलीमा पञ्चदिवसीय पुरूसाेत्तम मास महात्म्य कथा प्रवचन सुरू

दमौली न्युज
  • ख-
  • ख+

दमौली: श्रीकृष्ण द्वैपायन सत्संग समिति दमाैली तनहुँकाे आयाेजनामा पञ्चदिवसीय पुरूसाेत्तम मास महात्म्य कथा प्रवचन सुरू भएकाे छ । व्यास नगरपालिका ३ स्थित सत्संग समितिकाे भवनमा महात्म्य सुरू भएकाे हाे । व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्याैपानेले पुरूसाेत्तम महात्म्यकाे उद्घाटन गर्दै यस्ता धार्मिक अनुष्ठानले धार्मिक जागरण ल्याउन सहयाेग पुग्ने बताए ।

व्यास पराशर क्षेत्रका धार्मिक संस्थाहरूबिच सहकार्य आवश्यक रहेकाे कारण सहकार्य गरेर अगाडि बढ्नुपर्ने मेयर न्याैपानेकाे भनाई थियाे । व्यास पराशर क्षेत्रलाई धार्मिक पर्यटनकाे केन्द्र वनाउन संरचना निर्माण सुरू गरेपनि त्यसले साेचेअनुरूप गति लिन नसकेको नगरप्रमुख न्याैपानेकाे भनाई थियाे । धार्मिक संस्था सधै एकै व्यक्तिले सञ्चालन गर्नु भन्दा पनि आगामी समयको लागि उत्तराधिकारी समेत तयार पार्नुपर्ने मेयर न्याैपानेकाे जाेड थियाे ।

श्रीकृष्ण द्वैपायन सत्संग समिति दमाैली तनहुँका अध्यक्ष प्रेमप्रकाश भट्टराईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा व्यासका अध्येता एवं पुरूसाेत्तम मास महात्म्यका प्रमुख कथाबाचक काशीनाथ न्याैपाने,
व्यास अन्न क्षेत्रका संरक्षक शान्ति स्वरूपानन्द दामाेदर बाबा, पराशर आश्रम संरक्षण समितिका अध्यक्ष सत्यप्रसाद खनालको उपस्थित रहेको थियो।

त्यसैगरी पराेपकार ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष तारानाथ घिमिरे, वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रिय कार्यसमिति उपाध्यक्ष ऋषिराम ढुंगाना, व्यास ज्याेती धर्म जागरण भजन समुहका अध्यक्ष राजकुमार श्रेष्ठ, संस्थाका सदस्य विष्णुभक्त न्याैपाने, कर्ताहरूकाे तर्फबाट गाेविन्द गिरीले भनाई राखेका थिए ।आजीवन सदस्य राधिका आचार्यले स्वागत गरेकाे कार्यक्रमकाे सहजीकरण सत्संग समितिका सचिव कृष्ण वाग्लेले गरेका थिए । महात्म्य आईतवार सम्म चल्ने छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी