गण्डकीमा अधिकांश भागमा बादल

दमौली न्युज
  • ख-
  • ख+

दमौली: आज गण्डकी प्रदेशभर पूर्ण रुपमा बादलको असर रहने मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय हावा, र पश्चिमदेखि पूर्वसम्म रहेको न्यून चापीय रेखाको प्रभाव कायम छ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूरै बादल छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भेगमा सामान्य बादल देखिएको छ भने बाँकी तराई क्षेत्रहरूमा आंशिक बादल छ।

कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एकरदुई स्थानहरूमा मध्यमस्तरको वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बादल नै रहनेछ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम – यी तीनै प्रदेशका साथै कोशी, बागमती र गण्डकीका केही पहाडी तथा हिमाली क्षेत्रहरूमा, र मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानहरूमा चट्याङ र मेघगर्जनसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। तराई तथा पहाडी क्षेत्रका कतिपय स्थानहरूमा हावाहुरी पनि चल्न सक्छ।

राततिर सुदूरपश्चिम प्रदेश र अन्य हिमाली तथा पहाडी भू–भागहरूमा सामान्य बादल रहनेछ भने बाँकी भागहरूमा आंशिक बादल देखिनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा, र कोशी, बागमती तथा लुम्बिनीका हिमाली भेगका एकरदुई स्थानहरूमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्