सुनमा २ प्रतिशत विलासिता कर र हिरामा लाग्ने १३ प्रतिशत भ्याट खारेज

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौँ : सरकारले सुनमा विलासिता कर र हिरामा मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट मार्फत हाल सुनमा लाग्दै आएको २ प्रतिशत विलासिता कर र हिरामा लाग्दै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) अब नलाग्ने घोषणा गरेका छन् ।

सरकारले सुनमा विलासिता कर र हिरामा मूल्य अभिवृद्धि कर खारेज गरेको छ ।
यसअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले सुनचाँदीमा विलासिता कर र हिरामा मूल्य अभिवृद्धि कर लगाएका थिए । अब भने दुवै (सुन र हिरा) मा लाग्दै आएको कर खारेज भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्