खोलामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ स्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ ।

दिउँसो साढे २ बजेको समयमा पौडी खेल्ने क्रममा ड्यामसाइड बस्ने १४ वर्षका स्वहेन नेपालीको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिकाले जानकारी दिएको छ ।

खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी उद्धारमा खटिएका थिए । सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमाण्डमा १४ जनाको गोताखोरसहितको टोली घटनास्थलमा पुगेर खोजीको क्रममा करिब २० फिट गहिराइबाट बालकलाई निकालिएको थियो ।

उद्धारपछि उनलाई तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका छन् ।

पठाइएकोमा उपचारको क्रममा दिउँसो १७ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका छन् । फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर वर्षेनी दर्जनौंको ज्यान गइरहेको छ । धेरैजसो किशोर तथा बालकहरु रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्