दमौली: तनहुँको व्यास नगरपालिका दमौली स्थित सफा सडकका व्यवसायीहरू आन्दोलित भएका छन्। सफा सडकमा व्यास नगरपालिकाले जेठ १० गते देखि दुईतर्फी रूपमा पार्किङ निषेधको निर्णय गरे पछि व्यवसायीहरू मारमा परेको भन्दै उनीहरूले आन्दोलन गरेका हुन् ।
केही बेर सफा सडकका व्यवसायीहरूले सफा सडकबाट कुनै पनि सवारी साधन छिर्न दिएका थिएनन् । सफा सडक पुर्णरुपमा बन्द गरेका थिए।
सवारी पार्किङ गर्न नपाउने आजबाट(जेठ १०गते)नयाँ नियम लागू भएसँगै बिहानै देखि आन्दोलन व्यवसायीले पसल बन्द गरेर विरोध सुरु गरेका थिए ।
