जामे मस्जिद मर्मतपछि नमाजका लागि खुला

  • ख-
  • ख+

दमौलीः लामो समयको मर्मतपछि व्यास ४ स्थित मुस्लिम समुदायको जामा मस्जिद नमाजका लागि खुला गरिएको छ । तर एक पटकमा १० भन्दा बढीले भने नमाज गर्न पाउने छैनन् ।


मस्जिद निर्माण उपभोक्ता समितिका सचिव मनसुर अहमदका अनुसार यस अघि पनि सानो संख्यामा मात्र चलेको नमाज मस्जिद मर्मतका कारण बाहिर भए पनि अब भने मस्जिदमै हुनेछ ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्र्तगत तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानको १५ लाख मध्ये ११ लाख ७० हजार, सांसद कलिला खानको पहलमा पर्यटन बोर्डबाट प्राप्त सात लाख तथा देश विदेशमा रहेका दमौलीका मुस्लिम समुदायको १३ लाख सहयोगबाट मर्मत कार्य गरिएको सचिव अहमदले बताए ।


मस्जिदको दोश्रो तल्लाको निर्माण सकिने क्रममा रहेकाले ३५ लाख रुपैयाँसम्म लागत लाग्ने अनुमान गरिएको उनले जानकारी दिए ।


पहिले मर्मत अभावमा पुरानो र जीर्ण देखिएको मस्जिद अहिले रंगरोगन र मर्मतपछि सुन्दर देखिएको छ । समानुपातिक सांसद कलिला खानले मस्जिदमा कार्पेटका लागि ७० हजार रुपैयाँ बराबरको सघाउने प्रतिवद्धता जनाएकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्