पौडेल र जोशीलाई पनि सम्झाउन सक्ने पन्तलाई सबैले सम्झे

  • ख-
  • ख+

दमौलीः तनहुँमा कांग्रेसको द्वन्द्व पुरानो कुरा होईन । स्थापनाकालदेखि नै पार्टीको पकड रहँदै आए पनि केन्द्रीय र जिल्लागत गुटगत प्रतिष्पर्धा तनहुँमा स्थापनाकालदेखि नै रह्यो । तीमध्ये चिर प्रतिद्वन्द्वी हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व सह महामन्त्री गोविन्दराज जोशी । उनीहरु एक अर्कालाई नमान्ने नेताका रुपमा चिनिन्छन् । तर यी दुवै नेतालाई पनि सम्झाउन सक्ने कोही व्यक्ति पनि थिए ।


साधारण पदमा रहेर पनि पार्टीका लागि महत्वपूर्ण योगदान दिएका भानु ५ पञ्चनगरका उनै कांग्रेस कार्यकर्ता गिरिन्द्रबहादुर पन्तले धर्ती छाडेको १३ दिन भैसकेको छ ।


तनहुँ कांग्रेसका संस्थापकमध्येका नेता तेजबहादुर पन्तका साइंला भाई गिरिन्द्र पूर्व भारतीय सैनिक पनि थिए । कांग्रेसको ठूलो पदमा नरहे पनि उनलाई त्यस क्षेत्रमा कांग्रेसको खम्बाका रुपमा सबैले चिन्ने भानु ५ का कार्यवाहक वडाध्यक्ष समेत रहेका युवा नेता दीपक थापा सम्झन्छन् ।
ठूला ठूला नेता समेत उनकहाँ सल्लाह लिन जाने थापाले बताए । २००४ सालमा जन्मिएका उनी पार्टीको सामान्य क्रियाशिल सदस्य रहे पनि उनको प्रभाव रहेको कुरा उनको १३ औं पुण्य तिथिमा आयोजित कार्यक्रममा जिल्ला सभापतिदेखि अधिकांश नेता पुग्नुले पनि पुष्टि गर्छ ।


कोरोनाको जोखिममा पनि पार्टीका जिल्लास्तरका नेताहरुको उनको घरमा घुईचो लागेको थियो । पार्टी सभापति बैकुण्ठ न्यौपाने, नेता तेजबहादुर पन्त, क्षेत्रीय सभापति उदयराज गौली, महासमिति सदस्य रामचन्द्र अधिकारी, जिल्ला सदस्य ताराप्रसाद श्रेष्ठ, महिला संघ केन्द्रीय सदस्य चिनु पोख्रेल, जिल्ला सदस्य उत्तम लोहोनी, रामबहादुर बानियाँ, पूर्व सह सचिव सहदेव अधिकारीलगायतले स्वर्गीय पन्तको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी