
दमौलीः कोरोना संक्रमण बढेको भन्दै व्यास नगरपालिकाले कर्मचारीलाई सरकारी दशैं बिदामा तीन दिन थप गरेको छ । सरकारले ११ गतेसम्म बिदा तय गरे पनि नगरपालिकाले १२ देखि १४ गतेसम्म तीन दिन वडा कार्यालय र व्यास नगरपालिकाको कार्यालय बन्द रहने सूचना जारी गरेको छ ।
कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको र कोभिड १९ संक्रमण दिनानुदिन बढिरहेको भन्दै नगरपालिकाले तीन दिन अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय ५ कार्तिकको कार्यपालिकाले गरेको प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलद्वारा जारी सूचनामा उल्लेख छ ।
१५ गते शनिबार परेकाले नगरपालिका आगामी १६ कात्र्तिकमा मात्र खुल्नेछ ।
यसले लामो समय जोखिममा काम गरेका कर्मचारीलाई राहत पनि दिएको छ ।