इभी गाडीले नयाँ वृद्धि भएको भाडा लिन नपाउने

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं: यातायात व्यवस्था विभागले विद्युतीय सवारीसाधनले नयाँ भाडादर लिन नपाउने जनाएको छ। डिजेल इन्जिन प्रयोग हुने सार्वजनिक सवारीसाधनमा मात्रै भाडा समायोजन गरिएकाले विद्युतीय सवारीसाधनमा उक्त व्यवस्था लागू नहुने जनाएको हो।

गत चैत २५ गते विभागले अन्तर्राष्ट्रियस्तरमै जैविक इन्धनको मूल्यवृद्धि हुन गई स्वचालित भाडा समायोजन प्रणाली अनुरूप अन्तरप्रदेशीय सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरेको थियो।

केही विद्युतीय सवारीसाधन प्रयोग गर्ने यातायात सेवा प्रदायकबाट यात्रु ओसारपसार गर्दा वृद्धि भएको भाडा असुलिएको साथै यात्रुलाई यात्री टिकट समेत नदिइएको गुनासो आएको विभागले जनाएको छ।

विभागले विद्युतीय सवारीसाधनको हकमा साविककै भाडादर कायम रहेको तथा यातायात सेवा प्रदायकले यात्रुले भाडा तिरेको यात्री टिकट अनिवार्य रूपमा दिनुपर्ने प्रावधान रहेकोले सोही अनुसार गराउन अनुरोध छ।

व्यवस्थाको विपरीत भए/गरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९; सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ तथा अन्य प्रचलित कानुन बमोजिमको कारबाही गरिने विभागले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्