कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले वर्षौंदेखि राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेकाहरू अहिले डराएको टिप्पणी गरेका छन् ।

सञ्जालबाट आफूमाथि उठेका प्रश्नको लामो जवाफ दिएका गुरुङले सोमबार राति पुन: अर्को स्टाटस लेखेका छन् । जहाँ उनले आफूविरुद्धका हल्लालाई छटपटिको संज्ञा दिएका छन् ।

‘वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्,’ गृहमन्त्री गुरुङले लेखेका छन्, ‘मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल उनीहरूको छटपटी मात्र हो । कारबाही रोकिँदैन, डगमगाइँदैन ।’

दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दु:ख गरेर लागेको आफूले नदेखेको उनको भनाइ छ । साभारः अनलाइनखबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्