दमौली : सधैँ राहदानी बनाउन लाइन लाग्ने, गाडी भाडा खर्चिने र दिनभरिको समय खेर फाल्ने झन्झट अब इतिहास बन्यो, तनहुँमा अब राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ।
जिल्ला प्रशासन कार्यालय तनहुँले सेवाग्राहीको घर–घरमै पुगेर राहदानी वितरण गर्न थालेपछि नागरिकले राहतको अनुभूति गर्न पाउने भएका छन् । बिहीबार प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले घरमै पुगेर राहदानी हस्तान्तरण गर्नुभएको थियो ।
व्यास नगरपालिका–५ बरबोटेकी समीक्षा ओझाले घरमै राहदानी हात पार्दाको खुसीले भन्नुभयो–धन्यवाद सरकार, खेतीपातीको चटारोमा सदरमुकाम धाउनुपर्ने बाध्यता अब हटेन, धेरै सजिलो भयो।











