गुण्डाहरुको सातो लिंदै तनहुँ प्रहरी “प्रोफाइलिङ गरि शून्य सहनशीलता नीति लागु हुन्छ” : एसपी कार्की

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जिल्लामा गुण्डागर्दी र आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी कठोर रूपमा सक्रिय रहेको बताएका छन्। उनले समाजमा शान्ति–सुरक्षा कायम गर्न गुण्डागर्दीमा संलग्नहरूको सूक्ष्म निगरानी तथा निगरानी सूची तयार पार्ने कामलाई तीव्र बनाइएको स्पष्ट पारे।

जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एसपी कार्कीले आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको विस्तृत विवरण संकलन गरी उनीहरूको प्रोफाइल तयार गरिएको जानकारी दिए । ‘पहिचान भइसकेका व्यक्तिहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकिएको र कतिपयमाथि मुद्दासमेत दायर गरिए छ ।’ उनले भने । को उनले जानकारी दिए। अपराधीहरूको गतिविधि नियन्त्रण गर्न नियमित निगरानी र अभिलेख अद्यावधिक गर्ने कामलाई प्राथमिकता दिइएको उनले बताए।

उनले थपे, गुण्डागर्दीसँग सम्बन्धित कुनै पनि उजुरी प्राप्त भएमा तत्काल अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याइनेछ। जिल्ला प्रहरी कार्यालयले शून्य सहनशीलताको नीति अपनाउँदै शान्ति–सुरक्षा मजबुत बनाउन निरन्तर अभियान सञ्चालन गरिरहेको पनि उनको भनाइ छ। प्रहरीले समाजमा डर, त्रास र अराजकता फैलाउने तत्वहरूमाथि कडा निगरानी कायम राख्ने जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्