शुक्लागण्डकीको गाछेपानीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

दमौली न्युज
  • ख-
  • ख+

दमौली: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी–२, गाँछेपानीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा ग च ७३६५ नम्बरको टोयोटा गाडीले विपरीत दिशाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा स्कुटर चालक, पाँचथर घर भई हाल गाँछेपानीस्थित श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा पुजारीका रूपमा कार्यरत ३० वर्षीय गणेश खतिवडा र स्कुटरको पछाडि सवार ५५ वर्षीय स्थानीय कृष्णबहादुर भुजेल रहेका छन्। खतिवडा विगत चार वर्षदेखि च्यवनधाममा पुजारीको रूपमा कार्यरत थिए।

दुर्घटनामा घाइते भएका खतिवडाको तनहुँ सेवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठले जानकारी दिए। भुजेलको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्