नेपाल सुनचाँदी ब्यवसायी महासंघ गण्डकी प्रदेशको, साधारण सभा बन्दीपुरमा सम्पन्न

दमौली न्युज
  • ख-
  • ख+

बन्दीपुर : नेपाल सुनचाँदी व्यवसायी महासघ गण्डकी प्रदेशको पाँचौ तथा छैटौं वार्षिक साधारण सभा ऐतिहासिक पर्यटकिय क्षेत्र बन्दीपुरमा सम्पन्न भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ,गण्डकी प्रदेशका सभापती चन्द्रकिशोर गौतमको सभापतित्वमा सम्पन्न भएको थियो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका बिशिस्ट सदस्य मोहन कुमार सुनारको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा गण्डकी प्रदेशका ९ वटा जिल्ला संघका प्रतिनिधि र पर्यवेक्षकहरुको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा प्रदेश स्तरीय सुनचाँदी युगल ब्यटमिन्टन प्रतियोगिता राख्ने लमजुङ सुनचाँदी ब्यवसायी संघलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । त्यस्तै प्रतियोगितामा प्रथम , द्वितीय, तृतीय हुने समुहलाई क्रमशः नवलपुर,लमजुङ ,गोरखा र तनहुँका खेलाडीलाई मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियोे । कार्यक्रममा सहयोग पु¥याउने कास्की लमजुङ तनहुँ जिल्ला तथा बयवसायीलाई प्रशंसाा पत्रद्वारा सम्मान गरिएको गण्डकी प्रदेशका सभापती चन्द्रकिशोर गौतमले जानकारी दिए ।

प्रमुख अतिथि मोहन कुमार सुनारले २०७४ सालमा बिधान संसोधन गरेर सबै जिल्ला नगर संघको पहुँच पु¥याउन प्रदेश महासंघ बनाएको बताए । उनले भने “सबै जिल्लामा समान प्रतिनिधि चयनको ब्यवस्था बिधानमा छ । यस्ता कुराले प्रदेश मार्फत जिल्ला नगर बलियो बन्छ । यो कुरा जिल्ला नगरले बुझ्नु पर्ने बताउदै, समय सापेक्षित प्रदेश महासंघलाई मजबुत बनाउदै लानु पर्ने सुनारको भनाई थियो । उनले थपे “यहाँ जे कुरा आईरहेको छ त्यो गम्भीरता पुर्वक नलिएर उल्लेख गरे । अब जिल्ला नगर हेर्ने प्रदेशले हो महासंघले नीति नियम ,कार्यबिधि ,कानुन बनाउन सरकारलाई घचघच्याउने र सहयोग गर्ने र धेरै सेवा माग गर्ने हो । निजि क्षेत्रलाई बिकास गर्न नसके ब्यवसायीका हक अधिकार गुम्न सक्ने जिकिर गरे” ।

त्यस्तै यि प्रदेश बलियो भएमा जिल्ला नगर र महासंघ बलियो हुने पनि बताए । बिधान अनुसार स्थापित जिल्ला नगरले महासंघको निर्णय मान्दिन भनेर नहुने बताउदै, शुल्कको बारेमा छलफल गर्न सकिने बताए । प्रदेश आर्थिक रुपमा, कर भ्याट र सरकारी अकर्मण्यताका कारण ब्यवसायी अस्पष्ट छन अब छिटै सबै समस्या समाधान गर्न सरकारलाई सचेत गराउनु पर्ने धारण राखे ।


बिशिस्ट अतिथिका रुपमा गण्डकी प्रदेश सभा सदस्य माननीय डिलमाया बिश्वकर्माले म पनि ब्यवसायी भएको हुदा हामी समस्यामा छौं ,गण्डकी प्रदेश स्थापना देखिनै यस प्रदेशका ब्यवसायीहरुले प्रदेशको न्यानो माया पाउनुका साथै कोविडको महामारीमा बिरामीलाई बचाउने कार्यमा उदाहरणीय कार्य गरेको बताईन । गण्डकी प्रदेश सभाबाट ब्यवसायीहरुलाई चाहिने औजार शिपबिकासका तालिम नीति नियम बनाउने लगायतका बिषयमा सहयोग गर्न सकिने र आबश्यक पहल आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताईन् । त्यसैगरी बिशिस्ट अतिथि डि यश पि श्रवण बिश्वकर्मा ले कानुन सबैले बुझ्नु पर्ने बताए । ब्यवसायलाई मर्यादित बनाउने ब्यवसायीले नै हो भन्ने कुरा सवै माझ प्रस्ट्याए । ब्यवसायीलाइ सहयोग गर्न सधैं आफु तयारी रहेको बताउदै, महासंघका सचिव निर्मल दियालीले प्रदेशले गरेका सकारात्मक ,ब्यवसायी हितका कुराहरु महासंघले ग्रहण गर्नुपर्छ । महासंघले गरेका निर्णयहरु लागू हुन्छन् । तिनै तहको संगठनलाई मजबुत बनाउने पनि बताए ।


कार्यक्रममा जिल्ला नगरको तर्फबाट तनहुँ जिल्ला अध्यक्ष हरी गहतराज,सल्लाहकारको तर्फबाट केश बहादुर सुनार , केन्द्रीय सदस्यका तर्फवाट ठाकुर बि पौडेल , हिम बहादुर बिश्वकर्माले बोलेका थिए । कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्य राख्दै चन्द्र किशोर गौतमले ब्यवसाय हितमा प्रदेश महासंघ निरन्तर रुपमा लागि परेका छौँ । जिल्लासंघका पक्षमा छौँ , जिल्ला संघहरुलाई प्रोत्साहन गर्दै छौ यश पटक तनहुँ जिल्लाको बन्दीपुरमा साधारणसभा कार्यक्रम राखेको बताए । जिल्ला नगर र महासंघको पुलको रुपमा काम गर्दै छौँ । सबै जिल्लका समस्या गतिविधिमा सामेल छौँ र महासंघका बिबिध कार्यमा सहभागी हुने पनि जानकारी दिए । हाम्रो महासंघ निजि क्षेत्रको शशक्त महासंघको रुपमा बिकास गर्नुपर्छ । त्यसका लागि एकता आबश्यक छ ,हामीले चालेका कदमलाई जिल्ला नगरले सहयोग गरेकोमा पनि आभार व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण महासचिव मनबहादुर लामगादेले गरेका थिए भने धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष कृष्ण बहादुर बिश्वकर्माले गरेका थिए । कार्यक्रममा ११० जना प्रतिनिधि ,पर्यवेक्षक अतिथि गणको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्