काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढेको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १५/१५ रुपैयाँ बढाएको हो।
नयाँ मूल्यसूची अनुसार अब काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग)मा पेट्रोलको मूल्य प्रतिलिटर २०२ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ कायम भएको छ।
निगम सञ्चालक समितिको बिहीबारको बैठकले उक्त मूल्य निर्धारण गरेको हो। नयाँ मूल्य राति १२ बजेदेखि लागू हुनेछ।
साभारः अन्नपूर्ण












